युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा प्लान्टमा रुसको कब्जा



एजेन्सी २० फाल्गुन । रुसी सैनिकले युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा प्लान्टमा कब्जा गरेको छ ।युक्रेनी स्थानीय अधिकारीले सामाजिक सञ्जालमा लेख्दै रुसी सेनाले परमाणु ऊर्जा प्लान्टमा कब्जा गरेको पुष्टि गरेको हो । यद्यपि त्यहाँका कर्मचारीहरू सुरक्षित रहेको र आफ्नो काम निरन्तर गरिरहेको बताइएको छ ।
उक्त प्लान्टमा शुक्रबार विहानैदेखि आगो लागेको थियो । तर, जेपोरजिया परमाणु ऊर्जा प्लान्टको भित्री भागमा भने अहिलेसम्म क्षति नपुगेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । अहिले उक्त आगो निभाइसकिएको छ ।

यसअघि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पनि ट्वीट गर्दै युरोपको सबैभन्दा ठूलो ऊर्जा प्लान्टमा रुसी सेनाले आक्रमण गरेको जानकारी दिनुभएको थियो । उहाँले मद्दतको लागि पनि आग्रह गर्नुभएको थियो ।

युक्रेनको परमाणु ऊर्जा अपरेटर एनरगोटामका अनुसार सन् १९८४ बाट सञ्चालनमा आएको जेपोरजिया परमाणु ऊर्जा प्लान्टबाट युक्रेनको कुल विद्युत् उत्पादनको २० प्रतिशत विद्युत् उत्पादन हुने गरेको छ । यस प्लान्टबाट कुल ५७०० मेगावट विद्युत् उत्पादन हुने बताइएको छ ।
रुसले यसअघि युक्रेनको राजधानी कीवबाट १ सय किलोमिटर टाढा रहेको चेर्नोबिल प्लान्टमा भने यसअघि नै कब्जा गरिसकेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क शहरमा फसेका हजारौं सर्वसाधारण उद्धारमा कठिनाई
गायक सिद्धु मूसेवाला गोली हान्ने हत्या शूटर सन्तोष जाधव पक्राउ
मंगल ग्रहमा पहिलो पटक मानव पाइला पर्दै 
अफ्रिकी संघका प्रमुख र राष्ट्रपति पुटिन बीच शुक्रबार रुसमा वार्ता हुने