वीरगन्जको सरिसवा नदिको अतिक्रमण र प्रदुषण मुक्त गर्न माग गर्दै आज देखि फेरि दबाबमुलक अभियान शुरु



 

क्रान्ति साह
वीरगन्ज,२२ फागुन । वीरगन्जको सरिसवा नदिको अतिक्रमण र प्रदुषण मुक्त गर्न माग गर्दै आज देखि फेरि दबाबमुलक अभियान शुरु हुदैछ । झण्डै ३ दशक देखि अतिक्रमण र प्रदुषणको चपेटामा परेको सरिसवा नदिलाइ स्वच्छ र सफा बनाउनका लागि सरिसवा नदि एंव वीरगन्ज प्रदुषणमुक्त अभियान नामक संस्थाले तीन वर्ष यता देखि पटक पटक दबाबमुलक कार्यक्रम गर्दै आइरहेको छ ।

तर अहिले सम्म सरिसवा नदि, अतिक्रमण र प्रदुषण मुक्त हुन सकेको छैन । बरु उल्टै सरिसवा नदि झन झन अतिक्रमित र प्रदुषित बन्दै गइ रहेको छ । सरकारी निकाय , वीरगन्ज महानगरपालिका र सरोकारवाला पक्षले नदिको अतिक्रमण र प्रदुषण बारे ध्यान नदिएका कारण सरिसवा नदिको दुरावस्था बढ्दो स्थितीमा छ ।

यसैबिचमा सरिसवा नदि एंव वीरगन्ज प्रदुषणमुक्त अभियान नामक संस्थाले फेरि वीरगन्जको घण्टाघरमा आज देखि दुइ दिने धर्नाको कार्यक्रम गर्न लागेको हो । सरिसवा नदिलाइ अतिक्रमण र प्रदुषण मुक्त बनाउन माग गर्दै घण्टाघर चोकमा आज र भोली दुइ दिन बिहान १० बजे देखि साँझ ५ बजे सम्म दबाबमुलक धर्ना दिइने र धर्नामा सहभागी हुन अपिल गरिएको सरिसवा नदि एंव वीरगन्ज प्रदुषणमुक्त अभियानका अभियन्ता बृजेश्वर चौधरीले बताउनुभयो ।

यसैबिच वीरगन्जको घण्टाघरमा आज देखि गरिने दुइ दिने धर्नाको कार्यक्रम प्रति लोकतान्त्रिक समाजवादी पार्टी पर्साले समर्थन र ऐक्यबद्धता जनाएको छ । लोसपा पर्साका सचिव राजनारायण मिश्रले हिजो एक विज्ञप्ति जारी गर्दै सरिसवा नदिलाइ प्रदुषण र अतिक्रमण मुक्त बनाउन माग गर्दै सरिसवा नदि एंव वीरगन्ज प्रदुषणमुक्त अभियान नामक संस्थाले आज देखि आयोजना गर्न लागेको दबाब मुलक धर्ना कार्यक्रमलाइ लोसपाको समर्थन रहेको भन्दै धर्नामा सहभागी भइ दिन आफना नेता कार्यकर्ताहरुलाइ अनुरोध पनि गर्नु भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन