राष्ट्रिय रक्तदाता दिवसको अवसरमा आज चियापान तथा छलफल कार्यक्रम सम्पन्न



वीरगन्ज,२२ फागुन । राष्ट्रिय रक्तदाता दिवसको अवसरमा आज चियापान तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । वीरगन्जको वीर्तामा रहेको फुडकोर्ट क्याफेमा सम्पन्न चियापान कार्यक्रममा सहभागीहरुले आगामी दिनमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गर्न सबैं संघ संस्था तथा व्यक्तिहरुसँग समन्वय गर्न सुझाव दिएका छन् ।

ब्लड डोनर्स एशोसिएसन पर्साको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले रगत अभावको सम्भावित समस्या समाधानका लागि रक्तदाताहरुलाई परामर्श गर्ने, सरोकारवाला संघसंस्थाहरुसँग समन्वय गर्ने तथा गाउँ गाउँमा रक्तादान गर्नका लागि प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्नुपर्ने बताए ।

ब्लड डोनर्स एशोसिएसन पर्साका सचिव अरविन्द सिंहले अहिले पर्सामा औसतमा बार्षिक १२ हजार पिन्ट रगत आवश्यकता पर्ने गरेको तर बार्षिक १० हजार पिन्ट मात्रै रगत संकलन हुने गरेको जानकारी दिदै रगत अभाव पूर्ति गर्न रगत संकलनलाई वृद्धि गर्नुपर्ने बताउनुभयो ।

ब्लड डोनर्स एशोसिएसन पर्साका अध्यक्ष शत्रुधन नेपालको अध्यक्षतामा भएको छलफल तथा चियापान कार्यक्रममा नेकपा एमालेका वीरगन्ज महानगर उपाध्यक्ष महेस दास, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, महासंघ प्रदेशका महासचिव श्याम बञ्जारा, रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शौरभराज पाण्डे, वुमेन फर ब्लडकी अध्यक्ष रोशनी श्रेष्ठ, भोलेटियर समूहका संयोजक राजन श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन