फर्जि मतपत्र खसेको पाइएपछि बारामा नेपाली काँग्रेसको जिल्ला निर्वाचन नै रद्द गरि स्थगीत



जय यादव
बारा,२२ फागुन । बारामा नेपाली काँग्रेसको जिल्ला अधिवेशनमा फर्जि मतपत्र खसेको पाइएपछि विवाद हुदा निर्वाचन नै रद्द गरि स्थगीत गरिएको छ । काँग्रेसको नयाँ नेतृत्व चयनका लागि कलैया स्थित सिद्धेश्वर संस्कृत मावि परिसरमा हिजो जारी मतदानका क्रममा बेलुकी साढे ७ बजे तिर विवाद भएपछि निर्वाचन रद्द गरि स्थगित गरिएको हो । एक पक्षले मतपत्र कब्जामा लिएर फर्जि मत खसालेको भन्दै अर्को पक्षले विवाद झिकेर नाराबाजी गरेपछि निर्वाचन समितिले निर्वाचन रद्द गरि स्थगीत गरेको हो ।

काँग्रेसका केहि नेता कार्यकर्ताले मतपत्र कब्जामा लिएर फर्जि मत खसालेको विषयमा विवाद भएपछि निर्वाचन रद्द गरि स्थगीत गरिएको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताउनुभयो ।मतपेटिकामा खसि सकेका करिब १ हजार ३ सय मतपत्र , आगो लगाएर जलाइएको जानकारी पनि उहाले दिनुभयो ।

उप्रेतीका अनुसार , निर्वाचन क्षेत्र नम्बर २ को बुथमा फर्जि मत खसेको विषयमा विवाद भएको र अनुगमन गर्दा अमर्यादित र उच्छृंखल गतिवधी भएको पाइएपछि निर्वाचन रद्द गरि स्थगीत गरिएको हो ।फागुन १९ गते उम्मेदवारी दर्ता भएपछि मतदानको व्यवस्थापकिय तयारीका लागि कम्तीमा पनि ४ दिनको समय चाहिने भनेर आफुले भनेपनि उम्मेदवारहरुले नमानेको कारणले समस्या भएको उहाले बताउनुभयो ।स्थगीत निर्वाचनका बारेमा आज काँग्रेस बाराको नेतृत्व र उम्मेदवारहरु बिच छलफल गरेर निर्वाचनको अर्को मिति तय गरिने उप्रेतीले जानकारी दिनुभयो ।यता सभापतिका उम्मेदवार शम्भु बहादुर बुढाथोकी र रामानन्द यादव पक्षले भने सभापतिका अर्का प्रत्याशी कलैया उपमहाननगरपालिकाका मेयर राजेशराय यादव पक्षले मतपत्र कब्जामा लिएर फर्जि मत खसालेको आरोप लगाएको छ ।

प्रमुख निर्वाचन अधिकृत उप्रेतीलाइ प्रभावमा पारेर राजेशराय यादव पक्षले निर्वाचनमा धाँधली गरेको बुढाथोकी र रामानन्द यादव पक्षको भनाइ छ ।काँग्रेस बाराको नेतृत्वका लागि सभापतिमा ३ जना नेताको प्रतिस्पर्धा छ । तीनै जना नेताले आ आफनो प्यानल बनाएर उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट शम्भु बहादुर बुढाथोकी र राजेशराय यादव छन् भने शेखर कोइराला र कृष्ण सिटौला पक्षबाट राजेशराय यादवले उम्मेदवारी दिएका हुन् । ७ पदाधिकारी सहित ८० पदका लागि २ सय २७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । बाराको ४ वटा निर्वाचन क्षेत्रबाट गरि कुल मतदाता २ हजार ४ सय ८१ जना छन् ।
यसैबिच दुई पक्ष बीच विवाद बढेपछि नेपाली कांग्रेस रौतहटको १४ औ अधिवेशन अन्तर्गत हिजो हुने भनिएको निर्वाचन पनि अनिश्चितकालको लागि स्थगित भएको छ । मतदातालाई प्रमाणपत्र उपलब्ध नगराइएको भन्दै विवाद बढेपछि निर्वाचन समितिले अर्को सूचना प्रकाशित नभए सम्मका लागि निर्वाचन स्थागित गरेको हो ।निर्वाचन अधिकृत दिपक राज रेग्मीले प्राविधिक कारणले अर्को सूचना प्रकाशित नभए सम्मका लागी मतदान स्थगित गर्नु परेको बताउनुभयो ।

अधिवेशनमा सभापतिका लागी सस्थापन पक्षका जितेन्द्र यादब सुनील र कोईराला प्यानलबाट हृद्यनारायण यादव मैदानमा छन् । कोईराला पक्षकाले आफ्नो समर्थकहरुलाई प्रमाणपत्र नदिएकाले मतदानमा भाग लिन समस्या परेको भन्दै आपत्ति जनाएपछि विवाद बढेको हो । सभापति र पदाधिकारी सहित ९६ पदमा हुने निर्वाचनमा हरेक पदमा दुई–दुई जनाले उम्मेदवारी दिएका छन् । २ हजार ५ सय ९० मतदाता छन् ।
वीरगन्जको सरिसवा नदिको अतिक्रमण र प्रदुषण मुक्त गर्न माग गर्दै आज देखि फेरि दबाबमुलक अभियान शुरु

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन