उपाध्यक्ष फुलमति देवी चौधरीले आफु माथि लगाएको आरोप निराधार रहेको गाँउपालिकाका अध्यक्ष जयसवाल



क्रान्ति साह
वीरगन्ज,२३ फागुन । पर्साको सखुवाप्रसौनी गाँउपालिकाका अध्यक्ष प्रदीप जयसवालले उपाध्यक्ष फुलमति देवी चौधरीले आफु माथि लगाएको आरोप निराधार रहेको बताउनु भएको छ । उपाध्यक्ष चौधरीले आफु माथि हिजो गाँउपालिका अध्यक्ष जयसवालले कुटपिट गरि घाइते बनाएको भन्दै लगाएको आरोपको खण्डन गर्दै अध्यक्ष जयसवालले उपाध्यक्ष चौधरीको आरोप निराधार रहेको बताउनु भएको हो । आज बिहान नारायणी एफएमसंग कुरा गर्दै गाँउपालिका अध्यक्ष जयसवालले उल्टै उपाध्यक्ष चौधरीले आफुसंग दुव्र्यवहार गरेको बताउनुभयो ।

हिजो आफनो कार्यकक्षमा आएर उपाध्यक्ष चौधरीले गाँउपारिषदका बारे विवाद गर्ने क्रममा अचानक आफु माथि पानीको बोत्तल र चप्पल प्रहार गरेको अध्यक्ष जयसवालको भनाइ छ । जयसवालले भन्नु भयो ,‘ म भन्दा पहिले नै उपाध्यक्ष चौधरी मेरो कार्यकक्षमा गएर बस्नु भएको थियो , म पुग्दा गाँउपरिषद किन मलाइ नसोधिकन गरेको भनेर गाली गर्न थाल्नु भयो , भनाभन हुदै थियो अचानक उहाले पानीको बोत्तल र चप्पल म माथि प्रहार गर्नु भयो ।

त्यस बेला कार्यकक्षमा वडा अध्यक्षहरु पनि रहेको र उपाध्यक्ष चौधरीले दुव्र्यवहार गर्न थालेपछि उनिहरुले नै उपाध्यक्ष चौधरीलाइ उनको कार्यकक्षमा लगेर राखेको अध्यक्ष जयसवालले बताउनुभयो । हातपात गरिएको भनेर लगाइएको आरोप गलत रहेको बरु चौधरीले नै आफुसंग दुव्र्यवहार गरेको उहाले बताउनुभयो । आफुसंग दुव्र्यवहार गर्ने उपाध्यक्ष चौधरी विरुद्ध कार्वाहीको माग गर्दै आज गाँउपालिकाको कार्यालयको सेवा बन्द गरिने उहाले बताउनुभयो ।

आजै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गएर उपाध्यक्ष चौधरी विरुद्ध कार्वाहीको माग गर्दै उजुरी दिने पनि अध्यक्ष जयसवालले बताउनुभयो । यता गाउँपालिकाकी उपाध्यक्ष चौधरीले भने आफुलाइ गाँउपालिका अध्यक्षसहित वडा अध्यक्षहरुले कुटपिट गरेर घाइते बनाएको आरोप लगाउनु भएको छ । गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले वडा अध्यक्ष सलीम अन्सारी र रुपलाल यादवसँग मिलेर गाँउपालिकाकै कार्यालयमा हिजो कुटपिट गरेको उपाध्यक्ष चौधरीको आरोप छ ।

कुटपिटबाट आफु सामान्य घाइते भएको र नारायणी अस्पतालमा गएर उपचार पनि गराएको चौधरीले बताउनुभयो । गोप्यरुपमा गरिएको गाउँसभाको बारेमा सोधीखोजी गर्दा गाँउपालिका अध्यक्ष जयसवाल र उनि निकटका वडा अध्यक्षहरुले कुटपिट गर्नुका साथै १० मिनेट जति कोठामा थुनेको पनि उपाध्यक्ष फुलमतीदेवी चौधरीको भनाइ छ ।

गाँउपालिका अध्यक्ष जयसवालले आफू निकट जनप्रतिनिधिहरुसँग मिलेर लुकिछिपी गाउँसभा र विभिन्न निर्णयहरु गरेको जानकारी पाएपछि त्यहि विषयमा कुराकानी गर्न हिजो दिउसो गाँउपालिकाको कार्यालयमा पुगेको बेला आफूमाथि हातपात भएको चौधरीको भनाई छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन