वीरगंज लगायत ग्रामीण क्षेत्रमा आजबाट पेट्रोल र डिजेलको आपुर्ति सहज हुने



वीरगन्ज,२३ फागुन । वीरगंज लगायत ग्रामीण क्षेत्रमा हिजो देखि असहज भएको पेट्रोल र डिजेलको आपुर्ति आज देखि सहज हुने भएको छ । हिजो वीरगन्जमा पेट्रोल र डिजेलको हाहाकार मचिएको थियो । पेट्रोलियम पदार्थको मूल्य पटक–पटक बढेको र त्यसमा लगानीकर्ताको लगानी थपिंदै गएको तर कमिशन नबढाएको भन्दै आयल निगमको डिप्पोबाट अस्ती शुक्रवार देशभरिका पेट्रोलपम्पहरुले इन्धन नउठाउँदा वीरगन्जमा पनि हिजो बिहानै देखि पेट्रोल र डिजेलको हाहाकार भएको थियो ।

गत बिहीवार राति पेट्रोलियम पदार्थको मूल्य बढाए पनि विक्रेताहरूको लागि कमिशन नबढाएको कारण देशभरिका पेट्रेलम पम्पहरू आन्दोलन गर्ने तयारीमा थिए । तर बैठकमा सहमति हुँदा विरोधका सबै कार्यक्रम स्थगित भएको थियो ।

तत्काल नेपाल सरकारले पनि कमिशन बढाउने तत्परता देखाएपछि विक्रेताहरूको आन्दोलन स्थगित भएको हो । पेट्रोलियम व्यवसायीहरुले शुक्रवार एक दिन मात्र विरोधस्वरूप आफूहरूले इन्धन नकिनेको बताएका छन् । त्यसपछि शनिबार बिदा भएको र हिजो आइतवार इन्धन किन्न सबै गाडी अमलेखगंज गएकोले आजदेखि इन्धन सहज रूपमा सर्वसाधारणले पाउने बताइएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन