होली पर्ब सभ्य तरिकाले मनाउन पर्सावासीसँग प्रहरी उपरिक्षक बस्नेतको अनुरोध
वीरगन्ज,२३ फागुन । पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले होली पर्वको पर्साबासीमा शुभकामना व्यक्त गर्दै होली पर्ब सभ्य तरिकाले मनाउन अनुरोध गर्नु भएको छ । चैत ४ गते परेको होलीको रौनक शुरु भइसकेको भन्दै प्रहरी उपरिक्षक बस्नेतले सभ्य तरिकाले होली खेलौं, रंग बाहेक अण्डा, मोबिल, लोला तथा फोहर पानिको प्रयोग नगरौँ भन्दै अनुरोध गर्नु भएको छ ।
त्यसैगरी सवारी साधन तिव्र गतीमा नचलाउन ं, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन , मोटर साईकल चलाउदा २ जना भन्दा बढी सवारी नगर्न ,हेलमेटको अनिवार्य प्रयोग गर्न , बाटोमा हिडने व्यक्तीलाई जबर्जस्ती रंग, अविर नलगाउन पनि उहाले अनुरोध गर्नुभएको छ ।
डिजे तथा अन्य लाउड स्पीपर चर्को साउण्डमा नवजाउन, होली खेल्दा मनोरन्जनको नाममा गाजा, भाङग, लागुऔषध तथा अन्य नशालु पदार्थ सेवन नगर्न पनि उहाले अनुरोध गर्नुभएको छ । होलीको नाउँमा धार्मिक र सम्प्रदायिक सदभावमा खलल पुग्ने खालका कुनै पनि कृयाकलाप नगर्न अनुरोध गरिएको प्रहरी उपरीक्षक बस्नेतले बताउनु भयो ।