वीरगन्जमा आजदेखि तेश्रो मेयर कप रनिङ शिल्ड क्रिकेट प्रतियोगिता शुरु



वीरगन्ज,२३ फागुन । वीरगन्जमा आजदेखि क्रिकेट प्रतियोगिता शुरु भएको छ । तेश्रो मेयर कप रनिङ शिल्ड अन्तर्गत आजदेखि क्रिकेट प्रतियोगिता शुरु भएको हो । वीरगन्जको आदर्शनगरमा शुरु भएको क्रिकेट प्रतियोगिताको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले उदघाटन गर्नुभयो ।

क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै नगर प्रमुख सरावगीले वीरगन्जका क्रिकेट खेलाडीहरुले राष्ट्रिय र अन्तराष्ट्रिय क्रिकेटमा समेत नाम कमाउन सफल भएको भन्दै अझै यसको विकासको लागि महानगरपालिका खेलाडीहरुको मनोबल बढाउन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले क्रिकेट खेलप्रेमीहरुको माग र आग्रह अनुसार यसपटकदेखि क्रिकेट प्रतियोगितालाई रनिङ शिल्डमा समावेश गरेको पनि बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
एसिसी महिला टी–२० च्याम्पियनसिप ः नेपालको विजयी सुरुआत
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग