पर्साका अधिकांश स्थानीय तहमा बारुणयन्त्रको अभाव



वीरगन्ज,२४ फागुन । पर्सा जिल्लामा रहेका १४ वटा स्थानीय तहहरु मध्ये ११ वटा स्थानीय तहहरुमा हालसम्म पनि बारुण यन्त्र नभएपछि आगलागी नियन्त्रणमा सकस हुने देखिएको छ । जिल्लामा रहेका तीन वटा स्थानीय तहहरुमा मात्रै बारुण यन्त्र रहेको छ । वीरगन्ज महानगरपालिका सहित पोखरिया नगरपालिका र सखुवा प्रसौनी गाउँपालिकासंग आगो निभाउने बारुण यन्त्र छ ।

वीरगन्ज महानगर र पोखरिया नगरपालिकाको आफनै बारुण यन्त्र रहेको तथा ती बारुण यन्त्रहरु सञ्चालनमा रहेका छन् । सखुवा प्रसौनी गाउँपालिकालाई केही महिना अघि प्रदेश सरकारले एउटा बारुण यन्त्र दिएको र त्यो सञ्चालनमा आईसकेको गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवालले जानकारी दिनुभयो ।

जिल्लामा रहेका अन्य ११ वटा स्थानीय तहहरु मध्ये दुई वटा नगरपालिका पर्सागढी र बहुदरमाई तथा ९ वटा गाउपालिकामा अहिले पनि बारुण यन्त्र छैन । ती स्थानीय तहहरुमा बारुण यन्त्र नभएकै कारणले आगलागि भए वीरगन्ज महानगरको अथवा पोखरिया नगरपालिकाको बारुण यन्त्र गुहार्नुपर्ने अवस्था रहेको र जसका कारण आगलागीबाट भौतिक र मानवीय समेत क्षति हुने गरेको पाइएको छ ।

जिल्लाको ठोरी गाउपालिका, जगनाथपुर, छिपहरमाई, जिरा भवानी, पटेर्वा सुगौली गाउँपालिकामा आगलागि भए त्यहाँ बारुण यन्त्र पुग्नै घण्टौ समय लाग्ने गरेका कारण पनि आगो निभाउन समस्या पर्ने गरेको हो । आगालागी संधै नहुने भएकाले करोडौं खर्चिएर बारुणयन्त्र खरिद गर्न आवश्यक नभएको जनप्रतिनिधिहरुको तर्क रहदै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन