मधेस प्रदेश सरकारले खरिद गरेको बस आफैले  नचलाउने निर्णय



वीरगन्ज,२४ फागुन ।   मधेस प्रदेश सरकारले खरिद गरेको बस नचलाउने भएको छ । वीरगन्ज–सप्तरी चलाउन खरिद गरेका पाँच वटा बस मधेस प्रदेश मन्त्रिपरिषद् बैठकले नचलाउने निर्णय गरेको हो । ती बस विभिन्न संस्थानलाई दिने निर्णय गरिएको मधेस प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिनुभयो । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई वटा, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई एक÷एक वटा बस दिने निर्णय भएको छ ।

मधेस प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा प्रदेश परिवहन स्थापना गर्ने लक्ष्यका साथ बस खरिद गरेर ल्याएको थियो । तत्कालीन मन्त्री जितेन्द्र सोनलले २०७७ सालको धनतेरसका दिन ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा ५ वटा बस खरिद गरी ल्याउनुभएको थियो । ती बस जनकपुर चुरोट कारखानामा राखिएको थियो ।

खरिद गरेका बसलाई जनकपुरधाम–वीरगन्ज, जनकपुरधाम–राजविराज रुटमा सञ्चालन गर्ने योजना थियो । तर, बस चलाउदा खर्च धेरै हुने भएकाले विभिन्न सङ्घ संस्थालाई दिने निर्णय गरिएको मन्त्री साहले बताउनुभयो । मन्त्रिपरिषद्को बैठकले लहानमा रहेको यातायात व्यवस्था कार्यालयको सेवालाई विस्तार गरेर राजविराजमा समेत खोल्ने निर्णय गरेको छ । त्यसैगरी युवा स्वरोजगार उद्योग कार्यक्रमको कार्यविधिलाई स्वीकृत गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन