नेपाली मुद्रा अहिलेसम्मकै कमजोर, अमेरिकी डलरको भाउ उच्च,



काठमाडौं २४ फाल्गुन । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउँ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो ।
आज मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १ सय २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय २३ रुपैयाँ ४४ पैसा तोकेको छ ।
पछिल्लो समय लगातार अमेरिकी मुद्रा बलियो बन्दै गएको छ ।
नेपाल राष्ट्र बैंकले अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएको र पछिल्लो समय रुस–युक्रेन युद्धको असरसमेत डलरको मूल्यमा परेको बताउँछ ।
विश्वव्यापी रुपमा पछिल्ले समय डलरको माग उच्च छ । माग उच्च हुँदा यसले मूल्य बढेको हो ।नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारतीय रुपैयाँ खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान