उद्योगपति हिरालाल केडियाको निधन



वीरगन्ज, २५ फागुन । उद्योगपति हिरालाल केडियाको निधन भएको छ । नपालकै पूरानो औद्योगिक घराना केडिया अर्गनाईजेशनका अध्यक्ष तथा उद्योगपति एवं समाजसेवी हिरालाल केडियाको हिजो बेलुकी सवाआठ बजेतिर निधन भएको हो । केही समयदेखि अस्वस्थ रहनुभएका वीरगंज निवासी केडियाको काठमाण्डौको स्थित एम्स हस्पिटलमा उपचाररत रहनुभएको थियो ।

उहाँको उपचारकै क्रममा निधन भएको उहाँको परिवारजनले बताए । केडियाको निधनले वीरगंज मात्र नभई सिंगो निजी क्षेत्रले एउटा कर्मठ उद्योगी गुमाएको उद्योगी व्यवसायीहरुले बताएका छन् । उहाँको निधनप्रति वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले शोक व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले वरिष्ठ उधोगपति तथा वरिष्ठ समाजसेवी हिरालाल केडियाको असामयिक निधनको खबरले अत्यन्तै दुखि भएको बताउनुहुदै एक स्वच्छ तथा सरल स्वभावका धनी, अति मिलनसार, असल सहयोगी, सदविचारका धनी व्यक्तित्व, वीरगन्जका सच्चा अभिभावक गुमाएको बताउनु भएको छ ।

गुप्ताले केडियालाई श्रद्धान्जली व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोक सन्तप्त परिवार प्रति समवेदना पनि प्रकट गर्नुभएको छ । उहाँको आज मध्यान्ह साढे १२ बजे शवयात्रा निकालिने र बाग्मतीमा अन्त्यष्टि गरिने परिवाजनले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान