नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम



वीरगन्ज, २५ फागुन । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। आज सुन तोलामा २५ सयले बढेर एक लाख पाँच हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि, ०७७ साउन २५ गते छापावाल सुनको मूल्य तोलाको एक लाख तीन हजार ५०० रुपैयाँ पुगेको थियो। तेजाबी सुन पनि तोलाको दुई हजार ५०० रुपैयाँले बढेर एक लाख पाँच हजारमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
अन्तर्वार्ताः राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु: अर्थमन्त्री जनार्दन शर्मा
बजेट परम्परागत र कामचलाउ मात्र छः प्रमुख प्रतिपक्षी दलका नेता सोनल
मधेश प्रदेशको ४६ अर्ब ८८ करोड बजेट सार्वजनिक(पूर्णपाठ)