राष्ट्रिय प्रसारण नियमावलीले प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप नगरेको मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको दाबी



वीरगन्ज, २५ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संशोधन भएको राष्ट्रिय प्रसारण नियमावलीले प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप नगरेको दाबी गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घले आज बुधवार काठमाण्डौमा गरेको कार्यक्रममा मन्त्री कार्कीले अनलाइन टेलिभिजनका नाममा भइरहेको विकृतिलाई रोक्न नियमावली संशोधन भएको र यसको उद्देश्य प्रेस स्वतन्त्रतालाई ठेस पु¥याउनु नभएको स्पष्ट पार्नुभयो ।

प्रेस स्वतन्त्रतामा नेपाल दक्षिण एसियामै अग्रस्थानमा रहेको भन्दै सञ्चार मन्त्री कार्कीले अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउने विषय सरकारले सोच्न पनि नसक्ने बताउनुभयो ।सरकारले अनलाइन टेलिभिजनलाई नियन्त्रण नभइ नियमन गर्न खोजेको र सामग्रीहरूले कसैलाई आघात नपु¥याउन भन्नेतर्फ सचेत भएर नियमावलीमा संशोधन गरिएको मन्त्री कार्कीको भनाइ छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान