नेकपा एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै



वीरगन्ज, २६ फागुन । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । काठमाण्डौको बबरमहलमा हिजोदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।

प्रतिवेदनमाथि नौ वटा समूह बनाएर छलफल सुरु भएको छ । छलफलका लागि केन्द्रीय सदस्यलाई सात प्रदेश, उपत्यका विशेष र केन्द्रीय विभाग तथा मोर्चा संगठनमा विभाजन गरिएको छ ।

हिजोको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आउँदो स्थानीय तह चुनावमा एकल रुपमा जाने परिकल्पना नगरिएको बताउनुभयो । पार्टीको राजनीतिक भविष्य निर्धारणको आधार भएकाले अहिलेको सत्ता गठबन्धन र सहकार्यलाई स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा चुनावसम्म कायम राख्नुपर्नेमा उहाँको जोड छ ।

बैठकमा पार्टीको भावी कार्ययोजनासँगै सदनबाट पारित अमेरिकी सहयोग अनुदान एमसीसीबारेमा पनि समीक्षा भैरहेको छ । बैठकमा आउँदो चुनाव, सत्ता सहकार्य, गठबन्धन र एमसीसी पारितपछि उत्पन्न परिस्थितिबारे छलफल भैरहेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग