अपडेटः संखुवासभा बस दुर्घटनामा १४ जनाको मृत्यु



वीरगन्ज, २६ फागुन । संखुवासभाको मादी नगरपालिका ६ को पुलुङस्थित सात घुम्तिमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । मादीबाट झापाको दमक जादै गरेको बस आज बिहान दुर्घटनामा परेको हो । घटनास्थलबाट ५ जनाको जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुबेदीले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय डम्बरबहादुर बस्नेतका अनुसार सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, वलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको हो । दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको छ । उनीहरुको पहिचान खुल्न भने बाकी छ ।

स्थानीयका अनुसार करिब बसमा १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । अहिलेपनि उद्धारकार्य जारी रहेको डिएसपी सुबेदीले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग