पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएको अमेरिकी नागरिक बेनेटको मृत्यु



वीरगन्ज, २६ फागुन । पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय अमेरिकी नागरिक डेबिड बेनेटको मृत्यु भएको छ ।सुँगुरको मुटु प्रत्यारोपणको दुई महिनापछि उनको अमेरिकाको मेरिल्यान्डस्थित अस्पतालमा मंगलबार मृत्यु भएको मेरिल्यान्ड विश्वविद्यालय, बाल्टिमोर अस्पतालले जनाएको हो ।

स्वास्थ्य अवस्था खस्किएको जनाएपनि अस्पतालले बेनेटको मृत्युको ठोस कारण भने सार्वजनिक गरेको छैन ।बेनेटको शल्यक्रियामा संलग्न बाल्टिमोर अस्पतालका चिकित्सक डा. बार्टली ग्रिफिथले बेनेट जीवनको अन्त्यसम्म पनि लडिरहने साहसी र भद्र बिरामी रहेको बताउनुभयो ।

बेनेटका छोरा डेभिड बेनेट जुनियरले अपरेसनले काम गर्दैन भन्ने थाहा भए पनि बेनेटले चिकित्सा क्षेत्रमा नयाँ खोजमा सहयोग पु¥याउन तयार भएको बताएका छन् भने दुई महिनाअघिको शल्यक्रियालाई ‘जादु’ को संज्ञा पनि दिएका छन् ।उनमा गत जनवरी ७ मा सुँगुरको जेनेटिक मोडिफाइ मुटु प्रत्यारोपण गरिएको थियो । मानव स्वास्थ्यमै ठूलो उपलब्धिका रुपमा यो प्रत्यारोपणलाई लिइएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क शहरमा फसेका हजारौं सर्वसाधारण उद्धारमा कठिनाई
गायक सिद्धु मूसेवाला गोली हान्ने हत्या शूटर सन्तोष जाधव पक्राउ
मंगल ग्रहमा पहिलो पटक मानव पाइला पर्दै 
अफ्रिकी संघका प्रमुख र राष्ट्रपति पुटिन बीच शुक्रबार रुसमा वार्ता हुने