अहिलेको सत्तागठबन्धन आगामी चुनावसम्म काययै रहने प्रधानमंत्री देउवाको भनाइ



क्रान्ति साह
वीरगन्ज, २६ फागुन । प्रधानमन्त्री शेर बहादुर देउवा अहिलेको सत्तागठबन्धन आगामी चुनाव सम्म नै कायम रहने बताउनु भएको छ ।आज वीरगन्जमा नेपाली काँग्रेस पर्साका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पाच दलीय गठबन्धन चुनाव सम्म कायम रहने बताउनु भएको हो ।

काँग्रेस सभापति समेत रहेका देउवाले एक्लै चुनाव लड्दा कुनै पनि दलको बहुमत आउने अवस्था नदेखिएकाले आगामी तीनै तहको निर्वाचनमा काँग्रेसले गठबन्धनमा रहेका दलहरुसंग मिलेर चुनाव लड्ने बताउनुभयो ।त्यसैले गठबन्धनका अन्य सहयात्री दलहरु चिढ्याउने काम नगर्न नेता कार्यकर्ताहरुलाइ उहाले निर्देशन पनि दिनुभयो ।

संविधानको रक्षा र लोकतन्त्रलाइ संस्थागत गर्न पनि गठबन्धनका दलहरु बिचको सहकार्य र एकता आवश्यक रहेको देउवाले बताउनुभयो ।यसका साथै काँग्रेस पार्टी र देशको हितमा पनि गठबन्धनलाइ कायम राख्नु आवश्यक रहेको उहाले बताउनुभयो ।एमसीसी परियोजना मुलुकको हितमा रहेको उहाले जिकिर गर्नुभयो ।

एमसीसी परियोजना , ऋणमा नभइ अनुदानमा आएको परियोजाना रहेको भन्दै प्रधानमन्त्री देउवाले यसले देशको विकासमा सहयोग पुग्नुका साथै रोजगारी पनि सृजना गर्ने बताउनुभयो ।नेपाल , दुइ ठूला छिमेकी देशको बिचमा रहेको भन्दै उहाले दुवै छिमेकीसंग नेपालले समदुरी र सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले पर्साको पोखरीया नगरपालिकाका नगर प्रमुख दिपनारायण रौनीयारलाइ काँग्रेस पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा प्रवेश गराउनुभयो ।कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्यद्वय रमेश रिजाल र अजय चौरसीया , पुर्वमन्त्री सुरेन्द्र चौधरी , नवनिर्वाचित जिल्ला सभापति जनार्दन सिंह क्षेत्री , संविधानसभा सदस्य अनिल रुंगटा लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । यसैबीच नेपाल घरेलु तथा साना उधोग महासंघको कार्यक्रम पनि नगरसभागृहमा शुरु भएकाले केहीबेरमा त्यहाँ पनि प्रधानमंत्री देउवाले संबोधन गर्ने कार्यक्रम रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण