वीरगन्जमा पनि बर्ड फलु देखियो , भेडियाहीको पोल्ट्री फर्ममा बर्डफलुले १९ सय कुखुरा मरेको पुष्टि



क्रान्ति साह
वीरगन्ज, २७ फागुन । वीरगन्ज महनगरमा रहेको एक कुखुरा फर्ममा पालिएका ब्रोइलर कुखुराहरुमा बर्ड फलु संक्रमण देखा परेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाही स्थित सागीर अन्सारीले सन्चालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरुमा बर्ड फलु देखिएको हो ।

संक्रमणबाट उक्त कुखुरा फर्ममा रहेका १ हजार ९ सय वटा कुखुराहरु मरेका छन् । फर्ममा रहेका कुखुराहरु बर्ड फलु संक्रमणले मर्न थालेपछि बाँकी रहेका जीउदो कुखुरा र पंक्षीजन्य वस्तुहरु आज नष्ट गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट डाक्टर हरेराम यादवको नेतृत्वमा खटिएको पशु प्राविधिकहरुको टोलीले उक्त फर्ममा रहेका जीउदो ३० वटा कुखुरा , अण्डा २ हजार पिस , दाना ३ सय केजी , अण्डाको खाली क्रेट ३ हजार थान र संक्रमणले मरेका १ हजार ९ सय वटा कुखुरा खाल्डोमा पुरेर नष्ट गरेको खनालले बताउनुभयो ।

बर्डफलु संक्रमण भेटिएको उक्त कुखुरा फर्मलाइ सिल पनि गरिएको जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साका प्रमुख डाक्टर हरेराम यादवले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन