नजिकिँदै गरेको होली पर्वलाई लक्षित गर्दै खसीको मासुको मुल्य बढाउने मासु व्यवसायीहरुको तयारी



वीरगन्ज, २७ फागुन । नजिकिँदै गरेको फागु पूर्णिमा अर्थात होली पर्वलाई लक्षित गर्दै वीरगञ्जका मासु व्यवसायीहरुले आफुखुशी मासुको मूल्य बढाउने तयारी गरेका छन् ।वीरगन्जका बजारमा अहिले १ हजार रुपैयाँ प्रति किलोमा खसीको मासु बिक्रि भईरहेकोमा मासु व्यवसायीहरुले होलीमा २ सय रुपैयाँ बढाउने तयारी गरीरहेका हुन् ।

चाडवाडको नाजाय फाइदा उठाउँदै मासु व्यवसायीहरुले होलीमा आफुखुशी खसीको मासुको मूल्यमा २ सय रुपैया बढाउने तयारी गरिरहेका हुन् । गुणस्तर मापदण्ड तथा कालोबजारी नियन्त्रणका लागि वीरगन्जमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरु भएपनि उनिहरुले सकृयता नदेखाउने गरेका कारण चाडबाडमा व्यवसायीहरुले मनोमानी गर्ने गरेका छन् ।

माछामासु व्यवसायी संघ पर्साका सचिव ग्यासुदिन मियाँले यसपालीको होलीमा खसीको मासुको भाउ बढाउने विषयमा कुनै आधिकारिक निर्णय नभएको बताउनुभयो । उपभोक्ता हित संरक्षण मञ्च पर्साका अध्यक्ष अजित भुजेलले चाडवाडमा हुने कृतिम अभाव र कालोबजारी नियन्त्रणका लागि प्रयास भईरहेको बताउनुभयो ।

व्यपारीहरुले मासु र तेलको मूल्य आफुखुशी बढाएको गुनासो आएको भन्दै उहाले यस विषयमा तेल उद्योग र मासुको पसलहरुमै गएर अनुगमन गर्ने तयारी भईरहेको बताउनुभयो । यस्तै व्यवसायीहरुले ब्रोइलर कुखुराको मुल्य भने बढाइ सकेका छन् । बजारमा अहिले ब्रोइलर कुखुराको मासु प्रतिकिलो ४ सय २० रुपैयाको दरमा व्यवसायीहरुले बिक्री गरिरहेका छन् ।

नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले आफुखुशी कुखुराको मासुको मुल्य बढाएको हो । संघका सचिव देवकुमार गिरीले रुस र युक्रेनको युद्धका कारण कुखुराको दाना उत्पादन गर्ने कच्चा पदार्थ आयात रोकिएको र प्राप्त भएको कच्चा पदार्थ पनि निकै महँगो भएकोले कुखुराको मासुको मुल्य बढाउनु परेको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन