नेपाली कांग्रेस बाराको सभापति चयनका लागि दोस्रो चरणको मतदान भोलि हुन
वीरगन्ज, २७ फागुन । नेपाली कांग्रेस बाराको सभापति चयनका लागि दोस्रो चरणको मतदान भोलि हुने भएको छ ।गत बुधबार भएको पहिलो चरणको मतदानमा सभापतिका ३ जना प्रतिस्पर्धी मध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि सभापतिका लागि भोलि फेरि मतदान हुन लागेको हो ।
कलैयामा हिजो भएको छलफलमा , सभापति चयनका लागि दोश्रो चरणको मतदान , भोलि फागुन २८ गते कलैया स्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयमा गर्ने सहमति भएको प्रमुख निर्वाचन अधिकृत राज कुमार उप्रेतीले जानकारी गराउनु भयो ।
भोलि हुने दोस्रो चरणको मतदानमा सभापतिका लागि संस्थापन पक्षकै दुइ उम्मेदवार राजेश राय यादव र शम्भु बहादुर बुढाथोकी बीच प्रतिस्पर्धा हुनेछ ।