वीरगंज नाकाबाट ७ महिनामा ९० अर्ब मुल्य बराबरको पेट्रोलियम पदार्थ आयात
वीरगन्ज, २७ फागुन । वीरगंज नाकाबाट पेट्रोलियम पदार्थको आयात बढेको छ । चालू आर्थिक वर्ष २०७८÷७९ को पहिलो सात महीनाको अवधीमा गत वर्षको तुलनामा करीब ४३ अर्ब भन्दा बढी मुल्यको पेट्रोलियम पदार्थ आयात भएको हो ।
गत आर्थिक बर्ष २०७७÷७८ को पहिलो सात महीनामा वीरगन्ज नाका हुदै ४५ अर्ब ६६ करोड ५८ लाख ९८ हजार मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्याँस भित्रिएको थियो । चालू आर्थिक वर्षको गत साउनदेखि माघ सम्म ८९ अर्ब ३९ करोड ५१ लाख नौ हजार रुपैया मूल्य बराबरको इन्धन भित्रिएको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षको भन्दा ४३ अर्ब ७२ करोड ६२ लाख ७ हजार बढी मूल्यको डिजेल, पेट्रोल तथा एलपी ग्याँस भित्रिएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्क शाखाले जनाएको छ । भारतबाट सबैभन्दा छोटो दूरीको वीरगंज नाकाबाट सबैभन्दा बढी इन्धन भित्रिने गरेको छ ।