स्वर्गीय विरेन्द्र साह पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी पुरस्कृत
वीरगन्ज, २७ फागुन । प्रेस चौतारी नेपालले प्रदान गर्दै आएको स्वर्गीय विरेन्द्र साह पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी पुरस्कृत हुुनु भएको छ । पोखरामा आज देखि देखि शुरु एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी ओलीले पत्रकार महासंघ पर्साका अध्यक्ष अध्यक्ष तिवारीलाइ स्वर्गीय विरेन्द्र साह पत्रकारिता पुरस्कार प्रदान गर्नु भएको हो । शनिबार सम्म चल्ने प्रेस चौतारीको महाधिवेशनमा देशभरबाट एक हजार दुई सय जना पत्रकार सहभागी छन् ।