तोलामा ६ सय रुपैयाँले सुनको भाउ बढयो



वीरगन्ज, २७ फागुन । आज सुन र चाँदीको भाउ बढेको छ । तोलामा ६ सय रुपैयाँले बढेको सुनको भाउ आज तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यसअघि अस्ति सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दु एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको थियो । तर हिजो तोलामा ३५ सय रुपैयाँले भाउ घटेर एक लाख दुई हजार रुपैयाँमा झरेको थियो । रुस–युक्रेन युद्धको असर सुन बजारमा पनि परेको छ ।यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान