सरकारले ५० वर्ष माथि उमेर समूहका नागरिकको मिर्गौला, कलेजो, मुट लगायतका रोगहरुको नियमित परीक्षण निःशुल्क गर्ने
वीरगन्ज, २७ फागुन । सरकारले ५० वर्ष माथि उमेर समूहका नागरिकको मिर्गौला, कलेजो, मुट लगायतका रोगहरुको नियमित परीक्षण निःशुल्क गर्ने निर्णय गरेको छ । हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको हो ।साथै मन्त्रिपरिषद बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने निर्णय पनि गरेको छ ।
अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको सचिवालयले जनाएको छ ।मृत्यु पश्चात आफ्नो शरीरको अंगदान घोषणा गरेका स्वास्थ्य मन्त्री खतिवडाको प्रस्तावमा सरकारका सबै मन्त्रीहरुले पनि त्यही निर्णय कार्यान्वयन गर्ने निर्णय समेत मन्त्रिपरिषद बैठकले गरेको छ ।