बाराको बेंगा साह माध्यमिक विद्यालयले परिसरमा राजनीतिक दल, सरकारी र गैर सरकारी संघ संस्थाहरुलाई कार्यक्रम गर्न निषेध
वीरगन्ज, २७ फागुन । बारा जिल्लाको एउटा सामुदायिक विद्यालयले राजनीतिक दल, सरकारी र गैर सरकारी संघ संस्थाहरुलाई विद्यालय परिसरमा कार्यक्रम गर्न निषेध लगाएको छ । प्रसौनी गाउँपालिका स्थित बेंगा साह माध्यमिक विद्यालयले आफनो परिसरमा राजनीतिक दल, सरकारी र गैर सरकारी संघ संस्थाहरुलाई कार्यक्रम गर्न निषेध लगाएको हो ।
विद्यालयका निमित्त प्रधानाध्यापक मनोज कुमार साहले आज एक सार्वजनिक सुचना नै जारी गरेर विद्यालय परिसरमा कुनै पनि दल वा संघसंस्थाको कार्यक्रम गर्न निषेध गरिएको जानकारी दिनु भएको हो ।
विद्यालय परिसरमा विभिन्न दल , संघसंस्थाले गर्ने कार्यक्रमका कारण विद्यार्थीहरुको पठनपाठनमा नै अवरोध भएको भन्दै विद्यालयले यस्तो निर्णय गर्नु परेको साहले बताउनुभयो ।
विद्यालयका निमित्त प्रधानाध्यापक साहले फागुन २९ गतेबाट लागु हुने गरि विद्यालय परिसरमा कुनैपनि राजनीतिक दल , सरकारी र गैर सरकारी संघ संस्थालाई कार्यक्रम गर्न नदिइने बताउनुभयो ।