नेपालमा पछिल्लो २४ घन्टामा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
वीरगन्ज, २७ फागुन । नेपालमा पछिल्लो २४ घन्टामा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार ९ सय ८१ जनाको स्वाब नमूना परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मात्रै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर आज थप १ सय ८२ जना कोरोनामुक्त भएका छन्। हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार २ सय १२ रहेको छ ।