वीरगन्ज महानगरपालिकाका नगरप्रमुख सरावगीले आफुले पाउने तलब भताबाट गरिब तथा विपन्नहरुलाइ आर्थिक सहयोग गर्ने कार्यलाई निरन्तरता दिदै
वीरगन्ज, २७ फागुन । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले आफुले पाउने तलब भताबाट गरिब तथा विपन्नहरुलाइ आर्थिक सहयोग गर्ने कार्यलाइ फेरि निरन्तरता दिनु भएको छ ।
यसैक्रममा नगरप्रमुख सरावगीले आफुले पाउने तलबभत्ताबाट संचालन गर्नु भएको मेयर कल्याणकारी कोषबाट आज वीरगन्ज १७ की एक जना बिपन्न महिलाको छोरीको बिहेका लागि नगद १० हजार रुपैया प्रदान गर्नु भएको छ । नगर प्रमुख सरावगीले हिजो पनि वीरगन्ज ७ की एक जना अल्पसंख्यक महिलालाइ उनको घर मर्मतसम्भारका लागि नगद ३० हजार रुपैया प्रदान गर्नु भएको थियो ।
सरावगीले आफुले पाउने तलबभत्ता खर्च नगरि त्यसबाट मेयर कल्याणकारी कोष सन्चालन गरि महानगरका गरिब , विपन्न र अशसक्तहरुलाइ आर्थिक सहयोग गर्दै आउनु भएको छ ।