नेकपा एमालेका अध्यक्ष केपी ओली पर्सामा, पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट



वीरगन्ज, २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी ओली पर्सामा आईपुग्नु भएको छ । बाराको चिउटाहामा हुने पार्टी प्रवेश कार्यक्रममा आउनुभएका केपी ओली त्यसअघि पर्साको प्रसौनीविर्तामा भएको कार्यक्रममा सहभागी हुनुभएको छ ।

वीरगन्जको एक वैवाहिक कार्यक्रममा सहभागी हुन आउनुभएका अध्यक्ष ओली पर्साको प्रसौनीविर्तामा भएको पार्टी प्रवेश तथा कार्यकर्ताहरुसँग भेटाघाट गर्नुभएको नेकपा एमाले पर्साका सहइन्चार्ज तथा केन्द्रीय सदस्य अरविन्द सिंहले जानकारी दिनुभयो । नेकपा एमालेका अध्यक्ष ओलीसँग एमालेमा गर्न लाग्नुभएका वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी र नेकपा माओवादी केन्द्रका महानगर इन्चार्ज बाबुराम कौशिकले पनि भेट गर्नुभएको छ ।

कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश इन्चार्ज रघुविर महासेठ, स्थायी समिति सदस्य प्रभु साह लगायत नेताहरुको पनि उपस्थिति रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन