नेपाली कांग्रेस बाराको आज हुने भनिएको मतदान अझै अन्योल, नेताहरु छलफलमा व्यस्त



जय यादव
बारा २८ फागुन । बारामा नेपाली काँग्रेसको जिल्ला सभापतिका लागि आज हुने भनिएको दोश्रो चरणको मतदान आज नहुने सम्भावना देखिएको छ । सभापतिका लागि दोश्रो चरणको मतदान कलैया स्थित श्री ३ चन्द्र मावि परिसरमा आज बिहान १० बजे देखि नै हुने भनेर निर्वाचन समितिले अस्ति बिहीबार सुचना जारी गरेर जानकारी गराएको थियो । तर आज दोश्रो चरणको मतदान हुने सम्भावना नरहेको हाम्रा सहकर्मीै जयनारायण यादवले बताउनु भएको छ ।

बिहान १० बजे देखि नै मतदान शुरु हुने भनिएपनि मतदान स्थलमा मतदानका लागि कुनै तयार गरिएको छैन । प्रमुख निर्वाचन अधिकृत राज कुमार उप्रेती सहायक निर्वाचन अधिकृतलाई अख्तियारी दिएर काठमाडौं गएपछि निर्वाचनमा अन्योलता देखिएको छ । बारामा आज पुर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रम रहेकाले त्यहा प्रयाप्त संख्यामा सुरक्षाकर्मी खटाउनु पर्ने भएकाले आज काँग्रेसको निर्वाचन नगर्न जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले आग्रह गरेकोले पनि काँग्रेसको निर्वाचन अर्को दिनका लागि सार्ने तयारी भइरहेको हाम्रा सहकर्मी यादवले बताउनुभयो ।

यसका साथै दोश्रो चरणको मतदानमा सभापतिका उम्मेदवार राजेशराय यादवलाइ समर्थन गर्ने विषयमा शेखर कोइराला र कृष्ण सिटौला समुह भित्रै विवाद भएकाले त्यसका कारण पनि आजको मतदान भोलिका लागि सार्ने सम्भावना देखिएको यादवले बताउनुभयो । अहिले निर्वाचन समिति र नेताहरुबीच छलफल भईरहेको नेता लुकेश सिंहले बताउनुभयो ।

पहिलो चरणको निर्वाचनमा तेश्रो स्थानको मत पाएका कोइराला र सिटौला पक्षका उम्मेदवार रामानन्द यादवले गएराति पत्रकार सम्मेलन गरेर दोश्रो चरणको मतदानमा आफुहरुको समर्थन राजेश राय यादवलाइ रहने घोषणा गरेपनि यस बारेमा कोइराला र सिटौला समुहमै चर्को विवाद रहेको छ । रामानन्द यादवले राजेशराय यादवलाइ समर्थन गर्ने घोषणा गरेपनि त्यहि समुहका केहि नेताहरुले भने शम्भु बुढाथोकीलाइ सघाउनु पर्ने भन्दै फरक मत राखेका छन् ।

गत बुधबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका ३ प्रतिस्पर्धी मध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोश्रो चरणको मतदान हुन लागेको हो । दोश्रो चरणको मतदानमा सभापतिका लागि राजेश राय यादव र शम्भु बहादुर बुढाथोकी बिच प्रतिस्पर्धा हुन लागेको हो ।
यसैबिच नेपाली कांग्रेस धनुषाको सभापतिमा नेता विमलेन्द्र निधि समूहका योगेन्द्र पजियार निर्वाचित हुनु भएको छ ।दोस्रो चरणको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार सन्तोष यादवलाई पराजित गर्दै पजियार सभापतिमा निर्वाचित हुनु भएको हो । आज बिहान आएको मतपरिणाम अनुसार पजियारले यादवलाई ६८९ मत अन्तरले पराजित गर्नु भएको हो

। कूल खसेको २ हजार ८१४ मतमध्ये पजियारले १ हजार ७३५ मत र यादवले १ हजार ४६ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत रामगुलाम कर्णले जानकारी दिनुभयो । यसअघि गत सोमबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि प्रत्याशीले ५१ प्रतिशत मत ल्याउन नसकेपछि हिजो दोस्रो चरणमा पजियार र यादवबीच प्रतिस्पर्धा भएको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन