पर्साको उदयपुरमुर्मीमा आयोजित कार्यक्रममा ६ महिला सहित ५४ जनाद्वारा रक्तदान
वीरगन्ज, २८ फागुन । वीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीमा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । साना किसान कृषि सहकारी संस्था लि. वीरगन्ज २७ उदयपुर घुर्मीको १८ औं बाषिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ६ जना महिला र ४८ जना पुरुष गरी ५४ जनाले रक्तदान गरेका हुन् ।
रक्तदान गर्नेहरुमा संस्थाका उपाध्यक्ष दिनानाथ प्रसाद यादव, संचालक समितिका सदस्य श्यामसुन्दर यादव, मुख्य प्रवन्धक मनोज प्रसाद यादव, महिलाहरु सरितादेवी यादव, सीमादेवी कुर्मी, बवितादेवी कुर्मी, मिनादेवी कुर्मी, विन्दुदेवी कुर्मी र लालतीदेवी कुर्मी लगायत रहेका छन् । संस्थाका अध्यक्ष हृदयनारायण प्रसाद कुर्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको संस्थापक मुख्य प्रवन्धक मनोज प्रसाद यादवले जानकारी दिनुभयो ।