अवैध काठ सहित एक जना तस्करलाइ पक्राउ
प्रमोद यादव
सखुवा प्रसौनी, २८ फागुन । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ४ कल्याणपुरबाट वनगस्ती टोलीले अवैध काठ सहित एक जना तस्करलाइ पक्राउ गरेको छ । सबडिभिजन बन कार्यालय रंगपुरटाडीबाट सहायक बन अधिकृत कपिलदेव यादवको नेतृत्वमा खटिएको बन गस्ती टोलीले कल्याणपुरबाट आज विहान ५ बजे काठ तस्करी गरि फर्निचर उद्योगमा लैजादै गरेको अवस्थामा तस्करीको काठ र मोटरसाइकल सहित तस्करलाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका २ का दिनेश साह तेली रहेका छन् । ना १७ प ७१२८ नम्बरको मोटरसाइकलमा दुइ थान सालको चिरान काठ लिएर जादै गरेको अवस्थामा तेलीलाइ वनगस्ती टोलीले पक्राउ गरेको हो । यसैगरी सब डिभिजन बन कार्यालय बढनिहारका सुबेदार प्रदीप तिमल्सिनाको नेतृत्वमा खटिएएको बन गस्ती टोलीले पर्सागढी नगरपालिका वडा नम्बर ९ बाट पनि आज बिहान दुई थान साईकल र दुई थान काठ बरामद गरेको छ ।