आजदेखि लाइसेन्सका लागि नयाँ आवेदन बन्द



वीरगन्ज, १ चैत । सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि नयाँ आवेदन आज देखि बन्द भएको छ ।यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि आजदेखि लाइसेन्सका लागि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ ।अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गरिएको विभागले जनाएको छ ।लाइसेन्सका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरूलाई दुई वर्षपछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ । कोरोना महामारीका कारण लामो समय लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेहरूको चाप बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग