नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै



वीरगन्ज, १ चैत । स्थानीय तह निर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । बैठक अपराह्न ३ बजे बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।बैठकमा आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने विषयमा छलफल हुने उहाले बताउनुभयो । उहाका अनुसार स्थानीय तह निर्वाचनको कार्ययोजना बनाउन केन्द्रीय कमिटी र पोलिटव्यूरो बैठक छिट्टै बोलाउने तयारी गरिएको छ ।हिजो बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकमा केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग