ड्राइपोर्ट नजिकैबाट २९ लाख रुपैया मुल्यको कपडा पिकअप गाडी बरामद
वीरगन्ज, १ चैत । वीरगन्जको सिर्सिया ड्राइपोर्ट नजिकैबाट सशस्त्र प्रहरीले तस्करीको एक गाडी कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी नायव उपरिक्षक सुमन थापाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट भन्सार राजश्व नबुझाइ ल्याइएको २९ लाख रुपैया मुल्यको कपडा र उक्त कपडा लोड रहेको बीआर २२ जिए ४९१६ नम्बरको पिकअप गाडी बरामद गरेको हो । आइसीपीबाट भन्सार जाचपास भइ छुटेको पिकअप गाडी, सशस्त्र प्रहरीले रोकेर चेकजाच गर्दा भन्सार राजश्व छलेर ल्याइएका २९ लाख २९ हजार ८ सय ८६ रुपैया मुल्यको कपडा बरामद भएको पर्साका सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिनुभयो । बरामद कपडा सहितको पिकअप गाडी , आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।