बाराको कलैयामा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा पाच जना घाईते ,३ जनाको अवस्था गम्भिर



वीरगन्ज, १ चैत । बाराको कलैयामा आज बिहान दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा दुबै मोटरसाईकलमा सवार पाच जना घाईते भएका छन । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।कलैया–बीरगंज सडक खण्ड अन्र्तगत कलैया उपमहानगरपालिका ५ बालमन्दिर नजिकै तिब्र गतिमा रहेका दुबै मोटरसाईकल आपसमा ठोक्किदा ५ जना घाइते भएका हुन् ।

कलैयाबाट बीरगंज तर्फ आउदै गरेको बा १७ प ९९२३ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट जादै गरेको प्रदेश ०२–०२१ प ९७९५ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिनुभयो ।दुर्घटनामा परी घाईते हुनेमा कलैया उपमहानगरपालिका १८ मोतिसर बस्ने ३० वर्षिय पवन गुप्ता , उनकी श्रीमती २६ वर्षिया निभा पटेल, फेटा गाउपालिका १ भलुही बस्ने १९ वर्षिय प्रदिप कुमार दास, भलुहीकै २० वर्षिय रोहित कुमार दास र १९ वर्षिय रामविनय दास रहेका छन् ।

घाईते मध्ये गुप्ता दम्पती तथा अर्को मोटरसाईकलका चालक प्रदीपको अवस्था गम्भीर रहेको र उनीहरुको बीरगंज स्थित न्यूरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।रोहित र रामविनयको प्रादेशिक अस्पताल कलैयामा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका दुबै मोटरसाईकललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन