पर्साको ठोरी गाउँ पालिकामा सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु



माधव तिमिल्सिना
ठोरी, ६चैत । पर्साको ठोरी गाउँ पालिका वडा नम्बर ३ मा आज बिहान सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।

ठोरीको रामनगरबाट बिजयवस्ती तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ह ६२८ नम्बरको टेम्पो ठोरी ३ को ढुङ्गे बजारमा आज बिहान साढे ३ बजे दुर्घटना हुँदा टेम्पोका चालक ठोरी गाउँपालिका–४ सुन्दरटोलका अन्दाजी ३५ वर्षीय बीरबहादुर विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।टेम्पुमा सवार ठोरी –३ का कृष्ण बिक र बिजय बिक घाइते भएका छन् ।

ठोरीमा यात्रु पु¥याएर फर्कने क्रममा अटो दुर्घटना भएको स्थानीयको भनाइ छ । अत्याधिक गतिका कारण अटो सडक नजिकै सडक सुरक्षाको लागी राखिएको सडक छेउको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते दुइ जनाको स्थानीय मेडिकलमा उपचार गरिएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरिक्षक ब्रम्हदेव साहले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
पालिका चुनावको लागि उम्मेदवारी दिनेको संख्या एक लाख ५२ हजार नाघ्यो मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन हुने
म्यादी प्रहरी आजबाट परिचालन
स्नातक तहका विद्यार्थीहरु आश्रममा भोजनसेवा