मोटरसाइकल चोरी गरेको अभियोगमा पर्साबाट एकजना पक्राउ
वीरगन्ज, ६ चैत । जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । चैत ४ गते वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका नेजामुल हक अंसारीको नाउँमा रहेको ना. ५५ प. ४९८६ नम्बरको मोटरसाइकल पाकिंग गरी राखेको अवस्थामा चोरी गर्दै गरेको अवस्थामा वीरगन्ज १४ का २३ बर्षीय सुमन पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका पटेलका सवालमा चोरी मुद्दामा अनुसंधान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।