दक्षिण पूर्वी एसियाली देशमा कोरोनाको सङ्क्रमण फेरि बढ्दै



वीरगन्ज, ६ चैत । दक्षिण पूर्वी एसियाली देशमा कोरोनाको सङ्क्रमण फेरि बढ्न थालेको छ ।डेल्टा र ओमिक्रोन भेरियन्टका कारण चीनसहित हङकङ, सिङ्गापुर, दक्षिण कोरियालगायतका देशमा सङ्क्रमण बढेको हो ।ओमिक्रोन भेरियन्टका कारण चीनमा फेरि सङ्क्रमितको सङ्ख्या बढेको छ ।

चीनमा पछिल्लो २४ घण्टामा एक हजार ७ सय ३७ जनामा सङ्क्रमण देखिएको छ ।सन् २०२१ को जनवरीपछि चीनमा यो हप्ता पहिलो पटक कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्ला केही दिनदेखि दक्षिण कोरियामा दैनिक साढे तीन लाखभन्दा धेरैको सङ्ख्यामा सङ्क्रमण देखिएको छ । त्यस्तै हङकङमा एकैदिन १६ हजार ५ भन्दा धेरै सङ्क्रमित थपिएका छन् ।

सिङ्गापुरमा दश हजारभन्दा धेरैमा एकैदिन सङ्क्रमण पुष्टि भएको छ ।विश्व स्वास्थ्य सङ्गठनले महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने चेतावनी दिएको छ । उपलब्ध खोप लगाउन र स्वास्थ्यका मापदण्ड पालना गर्न पनि डब्ल्यूएचओले आग्रह गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान