ट्युनिसियाको समुद्री किनारमा कम्तीमा २० अवैध आप्रबासीको शव प्राप्त



ट्युनिस, ६ चैत । ट्युनिसिया उत्तरी समुद्री किनारा नबेयलमा अवैध आप्रबासीहरुको शव प्राप्त भएको छ । शनिबार पनि थप आठ शव भेटिएको बताइएको छ । यो समेत गरी यस क्षेत्रमा कम्तीमा पनि २० ओटा शब भेटिएको यहाँको एक रेडियो स्टेशनले जनाएको छ ।यहाँको रेडियो सेम एफएमले शनिबार दिएको समाचारअनुसार यसअघि गत शुक्रबार ट्युनिसियाको सो समुद्री किनारामा १२ ओटा शव भेटिएको थियो र शनिबार थप ७ जनाको शव भेटिएको हो ।

ट्युनिसियाको सो समुद्री किनारा युरोप जाने आप्रबासीहरुले प्रयोग गर्ने गरेको एक मुख्य नाका पनि हो ।उनीहरु अवैध रुपमा युरोप प्रवेश गर्ने क्रममा सो क्षेत्रमा पुगेका र दुर्घटनामा परेका अनुमान गरिएको ट्युनिसियाली प्रहरीले जानकारी दिएको छ । (रासस÷सिन्ह्वा)


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग
विश्व रक्तदाता दिवसको अवसरमा विश्रामपुरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित २६ जनाद्वारा रक्तदान