पाकिस्तानको सियालकोटमा ठूलो सैन्य बेसमा एकपछि अर्को गरी कैयौं विष्फोट
काठमाडौं,६चैत । पाकिस्तानी सेनाको सियालकोट सैन्य बेसमा एकपछि अर्को गरी कैयौं विष्फोट भएका छन् । अहिलेसम्म यसबाट भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । स्थानीय मिडियाका अनुसार विष्फोटको आवाज कैयौं किलोमिटर टाढासम्म सुनिएको थियो ।
पाकिस्तानी अखबार डेली मिलापका सम्पादक रिशी सूरीले ट्वीट गरेर सियालकोटको मिलिट्री बेसमा कैयौं पटक विष्फोट भएको बताएका छन् । सुरुवाती जाँचमा यो एक हतियार भण्डारण स्थल भएको खुलासा भएको छ । अहिलेसम्म घटनाको कारण थाहा हुन सकेको छैन ।
स्थानीयले घटनामा अहिलेसम्म कसैको ज्यान नगएको बताएका छन् । पाकिस्तानी सेनाले यी विष्फोटबारे कुनै बयान जारी गरेको छैन । उत्तरी पाकिस्तानको सियालकोटमा पाकिस्तानी सेनाको ठूलो बेस छ । सियालको केन्ट एरिया पाकिस्तानको सबैभन्दा पुरानो र सबैभन्दा जरुरी केन्ट एरिया हो । यसको स्थापना १८५२ मा तत्कालीन बेलायती भारतीय सेनाले गरेको थियो ।