खानेपानी संस्थान वीरगन्जले मुख्यमंत्री राउतको पिताको नाउमा रहेको खानेपानीको लाइन काटिदियो
वीरगन्ज, ७ चैत । नेपाल खानेपानी संस्थानले मधेश प्रदेशका मुख्यमंत्री लालबावु राउतको बुवाको नाउमा रहेको खानेपानीको लाइन काटिदिएको छ । खानेपानी संस्थानलाई तिर्नुपर्ने बक्यौता रकम नतिरेपछि आजबाट लाइन काटिएको संस्थानका वीरगन्ज शाखाका प्रमुख निरण महर्जनले एक सूचना प्रकाशित गरी जानकारी दिनु भएको छ ।
मुख्यमंत्रीका बुवा दशरथ राउत गद्दीको नाउँमा रहेको खानेपानीमा, जम्मा एक लाख ६३ हजार २ सय १६ रुपैयाँ बक्यौता भएपछि लाइन काट्न परेको खानेपानी संस्थानले स्पष्ट पारेको छ । पटक पटक खानेपानीमा बक्यौता रकम रहेको बिषयमा जानकारी गराइएको र कालो सूचिमा राख्दा समेत रकम भुक्तानी नगरेपछि बाध्य भएर सेवा बन्द गरिएको सूचनामा उल्लेख छ ।