केही समय अघि एमालेमा प्रवेश गरेको राजेशमान सिंह जसपामा प्रवेश
वीरगन्ज, ७ चैत । राष्ट्रिय जनता पार्टीका अध्यक्ष उपेन्द्र यादवले केही दिन अगाडि मात्रै नेकपा एमालेमा प्रवेश गरेको भनिएका लोसपाका तत्कालिन वीरगन्जका नेता राजेशमान सिंह आज जसपामा प्रवेश गर्नुभएको छ । आज वीरगन्जमा आायेजित सो पार्टीको एक कार्यक्रम मार्फत सिंह जसपामा प्रवेश गर्नुभएको हो ।
उहाँलाई जसपाका अध्यक्ष द्वय डा. बावुराम भट्टराई र उपेन्द्र यादवले पार्टीमा प्रवेश गराउनु भएको हो । एमालेमा प्रवेश गरेका सिंहलाई एमालेले पुनः वीरगन्ज महानगरपालिकाको नगर प्रमुखको उम्मेदवार नबनाउने र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय सरागी एमालेमा प्रवेश गरेपछि सिंहले एमाले परित्याग गरी जसपा रोख्नु भएको हो ।
कार्यक्रम मार्फत नै सिंहलाई बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नगर प्रमुखको जसपाका तर्फबाट उम्मेदवार रहेको समेत घोषणा गरिएको छ । पदका लागि पार्टी तत्कालको तत्काल फेरबदर गरेको भन्दै सिंहको वीरगन्ज क्षेत्रमा आलोचना समेत भएको छ ।