सशस्त्र प्रहरीद्धारा भन्सार छली गरेको एक ट्रक अलौंबाट पक्राउ
वीरगन्ज, ७ चैत । वीरगन्जको अलौंबाट सशस्त्र प्रहरीले भन्सार छलीको सामान लोड रहेको एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । वीरगन्जको आइसीपीबाट भन्सार जाचपास भएर छुटेको २७ लाख रुपैया भन्दा बढि मुल्यको सामान लोड रहेको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वार्टरबाट सशस्त्र प्रहरी निरिक्षक देवेन्द्र रोकाको नेतृत्वमा खटिएको टोलीले नियनत्रणमा लिएको उक्त ट्रकबाट भन्सार राजश्व छलेर ल्याइएको २७ लाख ७५ हजार २९ रुपैया मुल्यको सामान बरामद गरिएको सशस्त्र प्रहरी तेज प्रसाद पोखरेलले बताउनुभयो ।
सामान सहितको उक्त ट्रक , आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पोखरेलले जानकारी दिनुभयो ।