मधेश प्रदेशमा होलीका बेला जथाभावी सवारी साधन चलाउने चारसय बढी चालकलाई कारवाही



वीरगन्ज, ७ चैत । मधेश प्रदेशका विभिन्न जिल्लामा होली पर्वका बेला ट्राफिक नियम उल्लंघन गर्ने ४५६ सवारीसाधनका चालकलाई कारबाहीमा परेका छन् । होली पर्वमा मादकपदार्थ सेवन गरी तथा बिना हेलमेट ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रदेश ट्राफिक कार्यालय पथलैया बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिनुभयो । सप्तरीमा ५६, सिरहामा १५८, धनुषामा ७४, पर्सामा ९१, महोत्तरीमा ३१, सर्लाहीमा २५, रौतहटमा १४ र बारामा सात चालकलाई कारबाही गरिएको छ । चालकलाई कारबाही गरी रू. दुई लाख ३१ हजार राजस्व संकलन गरिएको जैसवालले बताउनुभयो । यस्तै होलीको बेला मधेश प्रदेशका ८ ओटै जिल्लामा ५९ सवारीसाधन दुर्घटना हुँदा दुई जनाको मृत्यु तथा ११४ जना घाइते भएका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन