सरकारमा जाने विषयमा कुनै निर्णय नभएको लोसपाका अध्यक्ष ,ठाकुर



वीरगन्ज, ८ चैत । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफुहरु सरकारमा जाने विषयमा कुनै निर्णय नभएको बताएका छन् । लोसपाको मधेस प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा आएका अध्यक्ष ठाकुरले लोसपा सरकारमा शामिल हुन लागेको चर्चा चली रहेको समय उनले अहिले सरकारमा जाने विषयमा कुनै पनि निर्णय नगरेको स्पष्ट पारेका हुन् ।

यधपी ठाकुरले सरकारमा शामिल हुने विषयमा छलफल चलिरहेको स्वीकार गर्नुभयो । उनले अहिले नै सरकारमा शामिल हुने विषयमा पार्टी भित्र निर्णय नभएको बताउँदै वर्तमान सरकार आफूहरुको माग सम्बोधन गर्ने विषयमा लचकता अपनाउने प्रतिवद्धता व्यक्त नगरेसम्म सरकारमा शामिल हुने कुनै छाँटकाँट नरहेको बताउनुभयो ।

ठाकुरले वर्तमान सरकारमा शामिल हुनेभन्दा पनि नागरिकता सम्बन्धी मुद्दा, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दाहरु लगायतको विषयमा छलफल चलिरहेको बताउनुभयो । उनले नागरिकता सम्बन्धि मुद्दा समाधान गर्नका लागि कानूनी जटिलता हटाउने, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दा हटाउने विषयमा सरकारले गम्भिरता देखाए मात्रै सरकारमा शामिल हुने विषयमा विचार गर्न सकिने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरू गर्न माग