पल शाहविरुद्ध आज तनहुँ जिल्ला अदालतमा मुद्धा दर्ता
वीरगन्ज, ८ चैत । बलात्कार आरोपमा नायक पल शाहविरुद्ध आज तनहुँ जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले मुद्धा दर्ता गरेको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिनुभयो । नायक शाह माथि यस अघि नवलपुर जिल्ला अदालतमा पनि जबरजस्ती करणीको मुद्धा दर्ता भएको थियो।
नायक शाह माथि १२ देखि १४ वर्ष कैद सजाय माग गरिएको छ भने उनका म्यानेजर रहेका कृष्ण जोशीमाथि शाहको भन्दा आधा कैद सजायको माग गरेर मुद्धा दर्ता गरेको न्यायाधिवक्ता शर्माले बताउनुभयो । नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता शाह गत फागुन १५ गते पक्राउ परेका थिए।