पर्सामा जनसंख्या बृद्धी,महिला भन्दा पुरुषको धेरै



वीरगन्ज, १० चैत । पर्सामा जनसंख्या बृद्धी भएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतीजा अनुसार पर्सामा कुल जनसङ्ख्या ६ लाख ४७ हजार ३१९ कायम भएको छ । यो २०६८ सालको तुलनामा ७ दशमलभ ७ प्रतिशतले बढी भएको जिल्ला जनगणना कार्यालय पर्साले जनाएको छ ।

पर्सामा महिलाको तुलनामा पुरुषको जनसंख्या पनि बढी देखिएको छ। जनगणना कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार पर्सामा पुरुषको सङ्ख्या तीन लाख ३३ हजार २७४ छ भने महिला तीन लाख १४ हजार ३१९ जना छन् । दश वर्षमा ४६ हजार ३०२ जना थपिएको कार्यालय प्रमुख केशव ज्ञवालीले बताउनुभयो ।

उहाँले २०६८ को गणनामा पर्साको जनसङ्ख्या छ लाख एक हजार १७ जना रहेको जानकारी दिनुभयो । पर्साका १४ वटा स्थानीय तहमध्ये सबैभन्दा कम जनसङ्ख्या ठोरी गाउँपालिकामा १७ हजार ४९४ छ भने सबैभन्दा बढी जनसङ्ख्या वीरगंज महानगरपालिकामा दुई लाख ६८ हजार २७३ छ । प्रारम्भिक नतीजा अनुसार पर्साका स्थानीय तहमध्ये वीरगंज महानगरमा ३६ हजार ६९७ घरधुरीमा ४७ हजार २१८ परिवार सङ्ख्या रहेको र वीरगन्जमा पुरुष एक लाख ३९ हजार ८४९ तथा महिला एक लाख २८ हजार ४२४ गरी दुई लाख ६८ हजार २७३ जना छन् ।

बहुदरमाई नगरपालिकामा पाँच हजार ७२१ घरधुरीमा सात हजार ५८ परिवार सङ्ख्या रहेकामा पुरुष २२ हजार एक तथा महिला २० हजार ९७९ गरी ४३ हजार ७० जनसङ्ख्या छ । पोखरिया नगरपालिकामा पाँच हजार ५०४ घरधुरीमा छ हजार ६१४ परिवार सङ्ख्यामा २० हजार २८५ पुरुष र १८ हजार ७०० महिला गरी ३८ हजार ९८५ जनसङ्ख्या छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु हेटौंडामा भेला हुने
रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण