ठोरीलाइ पर्यटकीय क्षेत्र घोषणा गरिदै,मधेश प्रदेशको मंत्री परिषदको बैठक ठोरीमा बस्दै
वीरगन्ज, १० चैत । मधेस प्रदेश सरकारले पर्साको ठोरीलाई भोलि पर्यटक क्षेत्र घोषणा गर्ने भएको छ । आज वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै ठोरी गाउँपालिकाले यो जानकारी दिएको हो । भोलि ठोरीमा मधेश प्रदेशको मंत्री परिषदको बैठक बस्ने र सोही बैठकले ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने ठोरी गाउँपालिकाका अध्यक्ष पद्मलाल श्रेष्ठले जानकारी दिनुभयो । ठोरीमा पछिल्ला दिनमा स्वदेशी तथा बिदेशी पर्यटकहरु आउनेक्रम बढेकाले यसलाई पर्यटकीय स्थल घोषणा गर्न लागिएको उहाँले जानकारी दिनुभयो । पर्साको सरमुकाम वीरगन्जबाट करिब ६८ किलोमिटर सुदूर उत्तरमा रहेको ठोरीमा भोलि बैठक बसेर केही महत्वपूर्ण घोषणा गरिने मधेश प्रदेशका खानेपानी मंत्री ओमप्रकाश शर्माले जानकारी दिनुभयो ।