बहुदरमाई नगरपालिकाको भ्रष्टचार विरुद्ध एमालेको ७ दिने ज्ञापनपत्र



दिपेन्द्र साह
वीरगन्ज, १० चैत । पर्साको बहुदरमाई नगरपालिकामा विभिन्न माग राख्दै आज ज्ञापनपत्र बुझाइएको छ । नेकपा एमाले नगर कमिटिका अध्यक्ष प्रमोद कुशवाहाको अगुवाईमा १४ बुंदे माग राख्दै ज्ञापनपत्र बुझाईएको हो ।

नगरपालिकामा विभिन्न तहमा भ्रष्टचार भएको दाबी सहित आर्थिक बर्ष २०७५÷०७६ देखि २०७८÷०७९ सम्म बहुदरमाई नगरपालिकामा सम्पन्न भएका बिभिन्न योजना सहित अधुरो रहेको नगर स्तरिय र वडा स्तरीय आयोजना , चार बर्षं भित्र नगरपालिकाका वडा तथा नगर प्रमुख तथा उपप्रमुख प्रमुख मार्फत भएका योजनाहरुको विवरण समेत पारदर्शी हुनुपर्ने माग गरिएको छ ।

सातदिनभित्र आफूहरुको माग पूरा नभए आन्दोलन गर्ने ज्ञापन पत्र मार्फत चेतावनी दिइएको छ । ज्ञापनपत्र बुझाउन एमालेका नेताहरु शिव पटेल ,डा.सन्तोष गुप्ता ,रामबाबु साह,मुखदेव साह,केदार तिवारी ,संजय कुशवाहा , रामजान मियाँ , अच्छेलाल साह,कृष्ण यादव लगायत गएको नेकपा एमाले बहुदरमाई नगर कमिटिका अध्यक्ष प्रमोद कुशवाहाले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन